‘शिरफूल’को ट्रेलर सार्वजनिक

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । फिल्म ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलनलाई बिम्बको रूपमा बुझाउन खोजिएको छ।कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई चित्रण गरिएको छ।

फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरूङ, नीता पुन, किरण मगरलगायतको कलाकारको अभिनय छ। फिल्ममा अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन्।देवराज आले मगरको कथा रहेको फिल्म राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ। फिल्म निरोज श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादनमा बनेको छ। फिल्म आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा निर्माण भएको हो।फिल्म आगामी असार ७ मा प्रदर्शन हुनेछ। असार सातमा योसँगै पूजा शर्मा अभिनीत ‘दान्भी’ र भजन शिरोमणि स्व.भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ पनि प्रदर्शन हुनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार