एसईई नतिजा : म्याग्दीका १२ सामुदायिक विद्यालय शुन्य

  म्याग्दी न्युज संवाददाता

बेनी ।माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षामा म्याग्दीका १२ वटा विद्यालयको नतिजा शुन्य (सवै ननग्रेड) हाँसिल गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाका अनुसार बेनी नगरपालिकाको भानु माध्यमिक विद्यालय, रत्नेचौर, सदरमुकामको उज्यालो बैकल्पिक विद्यालय र खुल्ला विद्यालयबाट एसईई परिक्षामा सहभागी विद्यार्थीको नतिजा ननग्रेड अर्थात शन्य भएको छ ।

एसईई नतिजा : समग्रमा लिटलगार्डेन र सामुदायिकतर्फ प्रकाश मावि पहिलो

त्यस्तैगरी अन्नपूर्ण गाउँपालिकाको हिमाञ्चल मावि नागी र पाउद्वार मावि पाउद्वार, रघुगंगा गाउँपालिकाका महादेव मावि बेग, जनता मावि, दग्नाम, मंगला गाउँपालिकाको शारदा मावि छिस्वाङ, मालिलका गाउँपालिकाका गौबमबस्त मावि देविस्थान र निस्कोट मावि निस्कोट र धवलागिरी गाउँपालिकाका लम्सुङ मावि लुलाङ र किसानीचन्द्रकान्त मावि ताकमधारापानीको परिक्षार्थी ननग्रेड बन्दा विद्यालय निल बनेका छन्।शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा एसईई परिक्षामा सहभागी ७५ विद्यालय मध्य बेनीको लिटल गार्डेन एकेडेमी र मंगला गापाको डनिङ बोडिङबाट सहभागी सत प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गरेका छन । बाँकी ७३ विद्यालयका विद्यार्थी कुनै न कुनै विषयमा ननग्रेड बनेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार