अवरुद्ध बेनी–दरबाङ सडक सुचारु

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । असार ३१ गते विहान सो सडक अन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२ ,को सिमानामा पर्ने फापरखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आइतबार साँझ खुलाइएको भएपनि सोमबार विहान पहिरोले पुनः सडक अवरुद्ध भएको थियो ।चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी राजन रायमाझीका अनुसार ,आइतबार साँझ पहिरो पन्छाएर सिधा यातायात सुचारु भएपनि सोमबार बिहान खसेको पहिरोले पुनः अवरुद्ध बनेको सडक आज दिउँसोदेखि सुचारु भएको हाे । सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको जनाइएको छ । पश्चिम म्याग्दीको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग सो सडकले जोड्छ । यसैबीच फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिने भएको छ । सांसद खमबहादुर गर्बुजा‘खम्बिर’ले उक्त सडकको वैकल्पिक मार्गको खोजी भइरहेको बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोका समस्या समाधान गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । सडकमार्ग खोल्नुपूर्व नै पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार