पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । गयरातीदेखि परेको भारी वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले म्याग्दी सदरमुकाम जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–४,र मंगला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत तथा मालिका गाउँपालिका–६,स्थित बाङ्गे पहिरोमा सडक माथिबाट पहिरो खसेपछि गयरातीदेखि सिधा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।

पहिरो खस्ने क्रम नरोकिएपछि अवरुद्ध सडक खुलाउन नसकिएको उहाँले बताउनुभयो । बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा जिल्लाका धवलागिरी ,मालिका र मङ्गला गाउँपालिका सहित छिमेकी जिल्ला बागलुङको पश्चिम भेगका नागरिकले समेत सास्ती व्यहोर्नुपरेकोे छ । भने बेनी नगरपालिका–४,स्थित सरस्वती माविमा पढ्न आउने विद्यार्थीहरुले समेत सास्ती व्यहोर्नुपरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार