बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँ स्थित गलकोटमा एक महिलाको विभत्स हत्या भएको छ । वडा अध्यक्ष मोतिप्रसाद बुढाका अनुसार ,आइतबार साँझ करिब साढे ६ बजेको समयमा स्थानीय युवा दलबिर श्रीपालीले धारीलाे हतियार प्रहार गरी सोही गाउँकी बिनाकुमारी बिकको हत्या गरेका हुन् ।
अहिले घटनास्थलमा वडा अध्यक्ष बुढा सहित इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएकाे प्रहरी टोली पुगेको छ । घटनास्थलमा बन्चरो ,दाउ र हँसिया फेला परेको छ । मृतक बिनाकाे टाउकाेमा चाेट लागेकाे छ । केही समय अघि मात्र उनिहरु बिच जग्गा किनबेचको विषयमा विबाद भएको बुझिएको छ । हत्यामा संलग्न अभियुक्त श्रीपाली फरार रहेका छन् ।अन्दाजी ३५ वर्षिय दलबिर र ४३ वर्षिया बिना छिमेकी नाताले दिदिभाई पर्ने हुन् ।फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।