दोस्रो परिवर्तन कपको उपाधि पुरुषतर्फ छहारी , प्रौढतर्फ जनविकास , महिलातर्फ जनसाहारा युवा क्लब र तारोखेलतर्फ आयोजक एलाई

  म्याग्दी न्युज संवाददाता


च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, चुरीबोटमा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ छहारी युवा क्लब , महिला तर्फ जनसाहारा युवा क्लब र प्रौढतर्फ जनविकास युवा क्लबले उपाधि जित्न सफल भएका छन् । यसैगरी , बिहिवार सम्पन्न तारोखेलमा आयोजक परिवर्तन युवा क्लब ए प्रथम भएको छ । पुरुषतर्फ पुन युनाइटेड युवा क्लब , महिलातर्फ तामाखानी युवा क्लब र प्रौढ तर्फको भलिबल खेलमा महखानी युवा क्लबले उपविजेताता चित्त बुझाउन बाध्य भएका छन् । तारोखेलतर्फ तमान उपविजेता बनेको छ ।

 

पुरुष भलिबलका बिजेता छहारी युवा क्लबले ७० हजार रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता पुन युनाइटेडले ४० हजार ट्रफी , मेडल र प्रमाणपत्र , महिला भलिबल बिजेता जनसाहारा युवा क्लब र उपबिजेता तामाखानी युवा क्लबले क्रमशः२५ हजार र १५ हजार ट्रफी , मेडल ,प्रमाणपत्र हात पारेका छन् ।

 

प्रौढ भलिबल तर्फ बिजेता टिकाबाङले ३० हजार र उपविजेता महभीरले १५ हजार ट्रफी , मेडल र प्रमाणपत्र ,तारोखेल बिजेता आयोजक ए र उपबिजेता तमानले क्रमशः ४० हजार र २५ हजार ट्रफी , मेडल र प्रमाणपत्र हात पार्न सफल भएको क्लब अध्यक्ष थम बहादुर घर्ती मगरले बताउनुभयो । महिलातर्फ जनसाहारा युवा क्लबकी अनिसा रोका मगर , पुरुष भलिबलतर्फ छहारी युवा क्लबका प्रेम विश्वकर्मा र प्रौढतर्फ जनविकासका विजय बुढाथोकी उत्कृष्ट खेलाडी भई पुरस्कृत हुनुभयो ।

वडा अध्यक्ष भेजेन्द्रमान पुन , क्लब अध्यक्ष घर्ती , आर्थिक संयोजक छकप्रसाद घर्ती मगर, क्लब सचीव सुलब पुन मगर , तारोखेल संयोजक मिलनकुमार पुन मगर लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । सोही अवसरमा सहयोगीदाताहरुलाई सम्मान गरिएको छ । पुरुष तर्फ १६ , तारो खेलतर्फ ६ , महिला तर्फ ६ र प्रौढ तर्फ ५ टिमले सहभागी थिए । मेलामा सांस्कृतिक कार्यक्रम समेत संचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार