काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धि प्राप्त भएको बताउनुभएको छ ।
जनकपुरधाममा महेन्द्रनारायण निधिको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उहाँले पूर्वी मधेस बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप आफू जस्तो सामान्य व्यक्ति राष्ट्रपति बनेको स्मरण गर्नुभयो ।
उहाँले ०६२/०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा भएको बताउनुभयो । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव नरहेको उहाँको भनाइ थियो ।
उहाँले अहिलेको उपलब्धि प्राप्त गर्नुमा सम्पूर्ण देशवासीको योगदान रहेकोले यसको रक्षामा ध्यान दिन’पर्ने बताउनुभयो। रातोपाटी