काठमाडौं । नेकपा एमालेले पार्टीका तीन जनालाई कारबाही गर्ने निर्णय गरेको छ।
बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो।
पाण्डे र तिम्सेनाले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति राख्नुभएको थियो। सोही कारण पार्टीले उहाँहरूलाई स्पष्टीकरण सोधेको थियो। उहाँहरूको जबाफ चित्तबुझ्दो नभएपछि उनीहरूलाई कारबाही गरिएको हो।
यस्तै, पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिराख्नुभएको थियो। सेतोपाटी