विश्वविद्यालयमा दलीय प्रभाव अन्त्य गर्नुपर्छ: शिक्षामन्त्री

  म्याग्दी न्युज संवाददाता

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्नुपर्ने बताउनुभर्को छ।

शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले विश्वविद्यालयभित्र दलीय प्रभाव अन्त्य गर्न अत्यन्त आवश्यक रहेको बताउनुभएको हो।

‘विश्वविद्यालयभित्र भएको अहिलेको जुन खालको एउटा दलीय प्रभाव छ, त्यो प्रभावलाई, त्यो दबाबलाई अन्त्य गर्नेगरी यो ऐन बनाउने कुरामा सोचौँ,’ उहाँले भन्नुभयो।

विश्वविद्यालय कस्तो हुने भन्ने त्यसको ऐनमा स्पष्ट हुनुपर्नेमा त्यस्तो नभएको उहाँले बताउनुभयो।

‘अराजनीतिक गतिविधिलाई अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त ? कस्तो हुनुपर्छ भन्नेकुरा यो ऐनमा व्याख्या गरौँ । जुन कुरा यो ड्राफ्टमा आएको छैन,’ उहाँले भन्नुभयो।

अहिलेको ड्राफ्टमा नआएको भएपनि समितिले छलफल गरेर अघि बढाउनसक्ने मन्त्री भट्टराईले बताउनुभयो। सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार