पाठेघरको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोपमा सरकारको १ अर्ब ३० करोड रुपैयाँ खर्च

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । सरकारले क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ । आगामी माघ २२ गतेबाट देशव्यापी रूपमा लगाइने १७ लाख ‘एचपीभी’ खोपमा सरकारले सो रकम खर्च गरेको हो ।परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्य सरकारको छ । एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने शाखाले जनाएको छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ । एचपीभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार