बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चम सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका विजयी भएका छन् ।
मंगलबार सम्पन्न पुरुष भलिबलको फाइनल खेलमा बेनी नगरपालिकाले मालिका गाउँपालिलाई ३–१ सेटमा पराजित गरी उपाधि चुमेको हो । प्रतियोगितामा बेनी नगरपालिकाले २५–२३, ३०–२८, १६–२५ र तेस्रो सेट २५–१६ सेटमा मालिका गाउँपालिकालाई दोस्रो स्थानमा सीमित गरेको थियो ।
त्यसैगरी महिला भलिबलमा अन्नपूर्ण गाउँपालिकाले मंगला गाउँपालिकालाई ३–१ सेटमा पराजित गरी महिला भलिबलमा पहिलो भएको छ । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाले मंगला गाउँपालिकाविरुद्ध २५–२२, २२–२५, २५–२० र २५–१६ सेट जित निकालेको थियो ।
प्रतियोगितामा पहिलो हुने पुरुष भलिबल टिमले १ लाख ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।महिला भलिबलतर्फ पहिलो हुने टिमले ७१ हजार नदगरसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । यसैगरी प्रतियोगितामा पुरुषतर्फ सन्जोग थापा र महिलातर्फ सजिना बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत हुनुभयो ।विजेता र उपविजेता टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ सहित पदाधिकारी , जिल्ला भलिबल संघका अध्यक्ष तेजिन्द्र बानियाँ लगायत अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।