
बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा आगामी नयाँ वर्षको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । डाँडागाउँ स्थित सामाजिक क्रियाकलापमा सक्रिय जनसाहारा युवा क्लबको आयोजनामा आगामी चैत २३ गतेदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्ने भएको हो । मेला अध्यक्ष याम बुढाका अनुसार , मेलामा स्थानीय क्लब स्तरीय पुरुष भलिबल , महिला भलिबल , प्रौढ भलिबल ,सो–डान्स प्रतियोगिता , सामुहिक नृत्य प्रतियोगिता , पुरुष छेलो प्रतियोगिता ,महिला छेलो प्रतियोगिता र क्लब स्तरीय तारोखेल प्रतियोगिता संचालन हुनेछन् ।
पुरुष भलिबलमा विजेता र उपविजेताले क्रमश ः ८० हजार र ५० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र , महिला भलिबलका विजेता र उपविजेताले नगद २५ हजार र १५हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी , प्रौढ भलिबलमा विजेता र उपविजेताले नगद ३० हजार ,१७ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लब सचिव प्रतिक्षा बुढाथोकीले जानकारी दिनुभयो । । तारोखेल संयोजक कुमार घर्तीका अनुसार, क्लब स्तरीय तारोखेल प्रतियोगिताका प्रथम र द्धितिय चालिस हजार र २५ हजार ट्रफी , मेडल र प्रमाणपत्र हात पार्नेछन् । भने तारोखेलमा उत्कृष्ट खेलाडी र सर्वाधिक खोलकर्तालाई नगद सहित पुरस्कृत गरिनेछ ।सो–डान्स प्रतियोगिताका विजेता ,उपविजेता र सान्त्वना हुनेले ५ हजार ,३ हजार र २ हजार , सामुहिक नृत्य प्रतियोगितामा प्रथमले ८ हजार ,द्धितिय ५ हजार र तृतियले ३ हजार , पुरुष छेलो प्रतियोगितामा प्रथमले ८ हजार र ५ हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्ने क्लब सचिव बुढाथोकीले बताउनुभयो ।
भलिबल खेल टिटि सिस्टममा खेलाइनेछ । पुरुष भलिबलमा स्थानीय क्लब स्तरीय भन्दा बाहिरबाट दुई जना खेलाडी समावेश गर्न पाइनेछ भने प्रौढ भलिबलमा तीस वर्ष उमेर माथिका खेलाडी समावेश गर्न पाइने खेल संयोजक मन प्रसाद बुढाथोकीले बताउनुभयो । भलिबलको दर्ता शुल्क र टिमको नामावली चैत २४ गतेभित्र आयोजकलाई बुझाउनुपर्नेछ । पुरुष भलिबल तर्फ ८ हजार ,महिलाभलिबलतर्फ दुई हजार पाँच सय ,पौढ भलिबल तर्फ तीन हजार र तारोखेलतर्फ चार हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । खेलकुद क्षेत्रको विकास , खेल प्रतिभाको पहिचान ,कला संस्कृतिको प्रवद्र्धन र आपसी भाइचारा निर्माण गर्ने उद्धेश्यले मेला संचालन गर्न लागिएको क्लब अध्यक्ष सुरज बुढाले बताउनुभयो । मेलालाई शान्तिपुर्ण भव्य रुपमा सफल बनाउनका लागि सहयोग गर्न सबैलाई उहाँको आग्रह छ ।