रुमको बेलीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२,बेलीमा नयाँ वर्ष–२०८२को अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । दुरलेक स्पोट्स क्लबको आयोजनामा यहि चैत१५ गतेदेखि २२ गतेसम्म कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव नवराज रोकाका अनुसार,मेलामा क्लब स्तरीय पुरुष भलिबल , क्लबस्तरीय महिला भलिबल ,क्लबस्तरीय पौढ भलिबल ,एकल न्यृृत्य प्रतियोगिता,सामुहिक नृत्य , पुरुष र महिला छेलो प्रतियोगिता लगायत कार्यक्रम संचालन हुनेछन् ।

पुरुष भलिबल प्रतियोगितामा विजेता टिमले ७० हजार रुपैयाँ नगद सहित कप ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । भने उपविजेता टिमले चालिस हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् । महिला भलिबल प्रतियोगिताका विजेता क्लबले बीस हजार नगद सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले १२ हजार नगद सहित मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रौढ भलिबल प्रतियोगितामा विजेता क्लबले तीस हजार नगद सहित कप ,मेडल र प्रमाणपत्र तथा उपविजेताले अठार हजार नगद सहित मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा एकल न्यृृत्य प्रतियोगिताका विजेताले ५ हजार ,सामुहिक नृत्य ५ हजार , पुरुष छेलोका विजेताले ५ हजार र महिला छेलो प्रतियोगिताका ३ हजार नगद सहित मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपविजेताले समेत पुरस्कार पाउने छन् । स्थानीय स्तरमा खेलकुद क्षेत्रको विकास ,खेल प्रतिभाको पहिचान र कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले मेला संचालन गर्न लागिएको क्लब अध्यक्ष हरि छन्त्यालको भनाइ छ । मेलाको आन्तरिक र बाह्य तयारीलाई तीब्रता पारिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार