
बेनी। लागुऔषध खैरो हिरोईन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल बसपार्क क्षेत्रबाट बुधबार लागु औषध खैरो हिरोईन सहित भारतको बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर थाना स्थायी घर भई हाल कालीपुलमा बस्ने २६ वर्षीय अजितकुमार पासवान पाँच दशमलब छ ग्राम खैरोहिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पासवानलाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।