नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति म्याग्दीको नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा भित्तपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बेनीमा नयाँ वर्षको शुभकामना आदान प्रदान सँगै कर्मचारी युनियन म्याग्दीले प्रकाशन गरेको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरिएको हो ।

नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा कर्मचारीका समस्यालाई समाधान गर्ने विभिन्न एजेण्डामा आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो ।कार्यक्रममा युनियनका सल्लाहकार सञ्जिव वाँस्तोला, किरणचन्द्र सुवेदी,चेतनारायण भन्डारी र अमृतप्रसाद कँडेल,पूर्व अध्यक्ष ज्ञान गिरी,पुर्वअध्यक्ष दयाराम पौडेल, निजामती कर्मचारी संगठन अध्यक्ष सोमवहादुर केसीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।युनियनका अध्यक्ष सुमन सुबेदीको अध्यक्षता, उपाध्यक्ष प्रदिप गौतमको स्वागत र सञ्चालन तारा बानियाँले गर्नुभएको थियो । अध्यक्ष सुवेदीले भित्तेपात्रो (क्यालेन्डर) प्रकाशनमा सघाउनेलाई धन्यवाद दिंदै यूनियनले कर्मचारीको हकहितका लागि निरन्तर आफ्नो सक्रियता देखाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार