
बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम वान्टेड कप फाइभ ए साइड पुरुष तथा महिला फुटसल प्रतियोगिता सम्पन्न भएको । वान्टेड फ्याम्लीको आयोजना बेनी स्थित बेनी फुटसल मैदानमा राती सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बीटिडी क्लब र महिलातर्फ Team SauraV (Myagdiworkshop) म्याग्दी वर्कशपले जितेको छ । उपाधि हात पारेको खुल्ला पुरुषतर्फको विजेता बीटिडीले ८० हजार रुपैयाँ सहित मेडल ,ट्रफी र प्रमाणपत्र हात पारेका छन् भने महिलातर्फ विजेता टिम सौरभ भी (म्याग्दी वर्कशपले नगद तीस हजार रुपैयाँ सहित मेडल ,ट्रफी र प्रमाणपत्र हात पारेको आयोजक फ्याम्लीका अध्यक्ष करन राम्जालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ,पुरुषतर्फ उपविजेता बनेको बौद्ध क्लब बेनी एमजी–ब्रडर्सले पचास हजार नगद सहित मेडल ,ट्रफी र प्रमाणपत्र तथा महिलातर्फ उपविजेता बनेको आयोजकले बीस हजार नगद सहित मेडल ,ट्रफी र प्रमाणपत्र हात पारेको छ । पुरुषतर्फ टिम पोखरा र महिलातर्फ उत्साही युवा क्लब अनुशासित टिम घोषित हुँदै क्रमश नगद ७ हजार र ५ हजार रुपैयाँ हात पार्न सफल भएका छन् । यसैगरी प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
फुटसलले शारीरिक तथा मानसिक रुपमा फाइदा पु¥याउने उपसभापति भण्डारीको भनाइ थियो ।प्रतीयोगितामा पुरुषतर्फ १७ टिम र महिलातर्फ ८ टिमले सहभागिता जनाएको वान्टेड फ्याम्ली अध्यक्ष राम्जालीले जानकारी दिनुभयो ।फ्याम्ली अध्यक्ष राम्जालीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।