मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

बेनी ,आइतबार जेठ ०४ गते ।
म्याग्दीको बेनी –जोमसोम सडक खण्डको बैसरी नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालक बेपत्ता हुनुभएको छ । आइतबार दिउसो मुस्ताङको थासाङ गाउँपालिकाबाट सुत्केरी लिन पोखरा हिडेको लेते स्वास्थ्य चौकीको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकीमा खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । कालिगण्डकीमा नदीमा एम्बुलेन्स देखिएको छैन ।

तस्बिर : ठाकुरप्रसाद आचार्य

एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो । नदी किनारमा एम्बुलेन्सको केही अवशेष भेटिएको छ । बेपत्ता चालकको खोजि भइरहेको घटनास्थलमा पुगेका प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नदीमा पानीको सतह बढेकाले उद्धारमा कठिनाई भएको छ ।तिव्रगतिमा रहेका कारण एम्बुलेन्स दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटना स्थलमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहित प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर सहित नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खोजी तथा उद्धारका लागि खटिएको छ । नदि किनारमा एम्बुलेन्सको केही भाग मात्र फुटेको अवस्थामा देखिएका छन् । एम्बुलेन्समा चालक मात्र रहेको प्रहरीले जनाएको छ ।
फोटो प्रयोग गर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार