म्याग्देली युवा केसी बेलायतको स्थानिय निर्वाचनमा चुनाव लड्ने

अल्डरसट,लन्डन मंगलबार माघ २९ गते । म्याग्दी घर भई हाल संयुक्त अधिराज्य बेलायतको अल्डरसटमा वसोबास गर्दै आएका प्रबेश केसी कन्जरभेटीभ पार्टीबाट काउन्सिलर पदको उम्मेदवार बनेका छन। नेपालीहरुको बाक्लो बस्तीमा बसोबास गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी केसी आउंदो २ मेमा हुने बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार भएका हुन्।

कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो काउन्सील अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका हुन। उनी करिब ४ हजार मतदाता रहेको क्षेत्रमा अहिले चुनावी प्रचार प्रसार अभियानमा व्यस्त छन् । अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुरयाउने आफ्नो मुख्य ‘एजेन्डा’ रहेको उनले बताए ।

बहालबाला ब्रेन्ट काउन्सीलका कन्जरभेटीभ कै नेपाली काउन्सिलर लक्ष्य गुरुङले बिजयको लागी शुभकामना दिनु भयको सो भेटघाटमा केशीले रसमोर बरो काउन्सिल गोर्खा भेट्रानप्रति बढि उदार भएकाले भूपू गोर्खाहरुका स्थानीय समस्या सम्वोधनमा पनि म जुट्नेछु भन्नु भयको छ।कन्जरभेटिभ पार्टीले स्थानीय सरकारमा नेपालीको आवाज आओस् भन्ने उद्देश्यले आफूलाई छनोट गरेको केसीको दावी छ।

चुनावी अभियानमा केसीले आफूलाई मत दिन र आफ्नो चुनावी अभियानमा सघाउन पनि अपिल गरेका छन्। ‘यो पार्टीले हरेक व्यक्तिलाई आफ्नो जीवनको मालिक बनाउंछ दास होइन्’( केसीको बुझाई रहेको छ। अल्डरसटमा मन्दिर, गुम्बा, मस्जिद, चर्च बनाउन पनि यो पार्टी सकारात्मक छ ।सन् १९९६ मा बेलायत आएका केसी प्रोपर्टी व्यवसायमा आवद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार