गलेश्वरमा ४६ फिट अग्लो त्रिशुल

बेनी बिहिबार फागुन २ गते । बेनी नगरपालिका ९ मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा बिहीबार ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ ।

गलेश्वर निवासी मानकुमारी शेरचन, उहाँका छोराहरु भलप्रसाद र गणेश शेरचनले मन्दिर परिसरमा त्रिशुल स्थापना गर्नुभएको हो ।

४६ फिट अग्लो यो त्रिशुल गण्डकी प्रदेशकै अग्लो भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाले दावी गर्नुभएको थियो ।

त्रिशुल स्थापना भएपछि गलेश्वरको आकर्षण बढेको छ । फलामको त्रिशुलको बाहिरी भाग तामाले लेपन गरिएको छ । कालीगण्डकी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथि रहेको गलेश्वर म्याग्दीको प्रमुख धार्मिक स्थल हो ।

मुतिmनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वरमा साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रीमा बिशेष मेलाका साथै दैनिक पुजाआजा हुने गर्छ । गलेश्वरमा विभिन्न दाताहरुले पूर्वाधार निर्माणमा सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार