लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ । उनका स्वकीय सचिव पवन कुँवरले केसीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

प्रदेश ५ को नाम र राजधानीका लागि प्रदेस सभामा प्रस्ताव पेश गर्नेदेखि सक्रिय सहभागी भएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु र प्रदेश सभा सदस्यहरु कन्ट्रयाक ट्रेसिङमा परेका छन् । केसीको सचिवालयले मन्त्री केसीको सम्पर्कमा आएका सबैजनाले पिसिआर परीक्षण गर्न आग्रह गरेको छ ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार