रुपन्देहीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

रुपन्देही । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीमा थप ३ जनाको मृत्यु भएको छ । तीनै जना संक्रमितको मृत्यु गएराती भएको हो । बुटवल उपमहानगरपालिका ११ का ८४ वर्षीय पुरुषको दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । रुपन्देही अस्पतालमा आईसीयू बेड खाली नभएका कारण उनलाई दाङ लैजान खोजिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार संक्रमण पुष्टि भएको थियो । त्यस्तै बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत ७० वर्षीय पुरुषको गए राति मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । उनी गत २२ गते देखि कोरोना बिशेष अस्पतालमा उपचार गराइरहेका थिए ।

त्यसैगरी बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको पनि गएराति नै मृत्यु भएको थापाले जानकारी दिए । गएराति तीन जनाको मृत्यु भएसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार