बर्दिया । आइतबार बर्दियाको मधुवन नगरपालिकामा एक जना बालकको डुबेर मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नं. १ छोटकीटडुवा स्थित रहेको सिँचाइ नहरमा डुब्ने क्रममा बग्दै गर्दा स्थानीयले बालकलाई उद्वार गरेका थिए।
उद्वार गरिसके पश्चात उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा बालकको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपि केदार रजौरेले जानकारी गराएका छन्। nagariknews.nagariknetworkबाट साभार