बलात्कार मुद्वामा फरार अभियुक्त २० वर्षपछि पक्राउ

उदयपुर । दुईदशकअघि बलात्कार अभियोग लागे पनि भाग्दै आएका उदयपुरका एक पुरुष पक्राउ परेका छन्। ०५७ सालमा एक महिलामाथि बलात्कार अभियोग लागे पनि फरार रहँदै आएका साविक त्रियुगा नगरपालिका २ भई हाल त्रियुगा ११ का ४८ वर्षीय शेक्पा भन्ने रामसेवक चौधरी बुधबार पक्राउ परेका हुन्।

२८ वर्षको उमेरमा बलात्कार अभियोग लागेका उनी घट्नालगत्तै भागेका थिए। उनलाई जबर्जस्ती करणी मुद्धामा जिल्ला अदालत उदयपुरले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ। तर, हालसम्म फरार रहँदै आएका उनी जिल्लाको उदयपुरगढी गाउँपालिका १ को बाहुनीटारबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

बाहुनीटारमा लुकिछिपी बस्दै आएको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। अदालतबाट दोषी करार भए पनि भाग्दै आएका उनी ४८ वर्षको उमेरमा आईपुग्दा दसैंको मुखमा प्रहरी नियन्त्रणमा परेर जेलको हावा खान बाध्य भएका छन्। उनलाई बिहीबार अदालती कारबाहीका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार