कैलाली घटनाः अर्का प्रहरी जवान पनि मृत फेला

धनगढी । धारिलो हतियारले घाँटी रेटेर हत्या गरि मोहना नदीको बिचमा गाडेको अवस्थामा अर्का प्रहरी जवान रामबहादुर साँउदको शव मंगलवार बिहान फेला परेको छ।

तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा तस्करहरुको समूहले शनिबार राति गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र साउँदको हत्या गरि बीच नदीमा फालेको अशंका गरिएको छ। असई गोबिन्दको हात र शरिर पानी माथि देखिएकाले आईतवार बिहान नै शव फेला परेको थियो।

आईतबार र सोमबार दुई दिन सम्म खोजी कार्य तीव्र भएपनि जवान साँउदको शव फेला परेको थिएन। पक्राउ परेका तस्करले हत्या गरेको स्विकारेपछि उनीहरुले दिएको जनाकारी अनुसार गोविन्दको शव फेला परेको करिव ५० मिटर उत्तरतर्फ मोहना नदिको बीच भागमा पानी भित्र गाडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। कैलालीका प्रहरी उपरिक्षक दिलिप देउवाले मोहना नदिको बिच भागमा गाडेको अवस्थामा जवान साउँदको शव फेला परेको बताए। उनको पनि टाउको र घाटीमा धारिलो हतियारले हिर्काएर हत्या गरिएको उनले बताए। nagariknews.nagariknetwork.बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार