इटहरी । १३ वर्षअघि भएको घटनामा कैद सजाय तोकिएका एक जना फरार व्यक्तिलाईं सुनसरी प्रहरीले पक्राउ गरेको छ। प्रहरीले इटहरी उपमहानगरपालिकाको एकम्बाका ३२ वर्षे कृष्णकुमार धामीलाईं पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत सुनसरीले २०७१ साउन २९ गते २० वर्ष कैद सजाय तोकेको थियो। पक्राउ परेका धामीलाई अदालतमा पेस गरेपछि झुम्का कारागार चलान गरिएको छ। धामीले २०६४ साल वैशाख २८ गते रातिको समयमा साथीको विवाहमा जन्ती गएका बेला इटहरी एकम्बाकै सुरेनकुमार ठाकुरलाई वेहुलीको घरमा स्वयंवरको बेला अगाडि उभिएको निहुमा छुरा प्रहार गरेका थिए।
धामीसहित पाँच जनाले इनरुवा वडा नं. ७ को चाँदवेलामा भएको विवाहमा ठाकुरलाई छुरा प्रहार गरेपछि सिकिस्त घाइते भएपछि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि धामीसहित पाँचै जना भागेकोमा मृतकका बुवाले इलाका प्रहरी कार्यालय दुहवीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि अदालतले कैद सजायको फैसला गरेको थियो। nagariknews.nagariknetworkबाट साभार