कपिलवस्तु । कपिलवस्तुको बणगंगा नगरपालिका–२ लखनचोकमा अवैधरुपमा भित्र्याइएको ७३ तोला चाँदीको सामग्रीसहित २ जना पक्राउ परेका छन्।
पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नंम्बरको स्कुटीलाई प्रहरी टोलीले चेकजाँच गर्दा सो फेला परेको हो। स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँपालिका ५ का २२ वर्षीय उमेश सुनारले बोकेको साईड ब्यागभित्र लुकाई राखेको अवस्थामा ९६, हजार मूल्यका चाँदीको सामग्री बरामद भएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए।
अन्दाजी ७३ तोला चाँदी र सेतो रातो पत्थर ४८ पिस फेला परेका थियो। स्कुटी चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ वस्ने वर्ष २६ को सुगम पुनसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक रेग्मीले बताए।nagariknews.nagariknetworkबाट साभार