काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । महतावलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको हो । उनलाई रौतहट ल्याइँदै छ । महतावलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ ।
२०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नाका आरोपी महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफतावलाई २०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।
संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफतावका दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप लागेको छ । नागरिक खबरबाट साभार