काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज दिउँसो ३ बजे बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्। उनले सम्बोधन गरेको कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
संसद विघटनपछि आइतबार चुनाव घोषणा गरिएको थियो। प्रधानमन्त्री ओलीले अहिलेको समग्र परिस्थितिबारे सम्बोधनमा उल्लेख गर्ने बताइएको छ।