मोरङ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर-१४ बस्ने ३८ वर्षीय तुलसी महतो रहेका छन् ।
महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार विराटनगर महानगरपालिका वडा नम्बर-८ स्थित जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङले २०६७ असोजमा कीर्ते मुद्दामा १ वर्ष कैद तोकेको थियो । उनलाई आजै जिल्ला अदालत मोरङमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार