सप्तरीमा बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ

सप्तरी । सप्तरीमा बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरबाट प्रहरीले सोमबार बेलुका ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् । उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार