प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्रीले उद्घाटन गर्ने !

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदैछन । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे सिसहनियाँ–महदेवा जोड्ने पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विभिन्न झाँकी तथा र्‍याली पनि गरिने लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए ।

राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण अवधिभन्दा अगावै बनेको थियो । झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ १० मिटर रहेको छ ।

पुलको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए । त्यस्तै, पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख भूमिश्वर ढकालले जानकारी दिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार