म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेेेेकाेे महिला उद्यम विकास समिति अध्यक्षमा लक्ष्मी भण्डारी सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
समितिको आइतबार बेनीमा सम्पन्न ८ औँ साधारण सभा तथा ६ औँ अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको हो ।
बरिष्ठ उपाध्यक्ष अम्बिका श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिष्णु गरुङ, दिप्तीय उपाध्यक्षमा सृजना भट्टचन, महासचिवमा जानकी विश्वकर्मा, कोषाध्यक्षमा दिलु घताने, सचिवमा प्रमिला श्रेष्ठ, सहसचिवमा गिता शर्मा, सहकोषाध्यक्षमा राधिका सापकोटा निर्वाचित हुनुभएको छ ।
साधारणसभाको उद्घाटन गर्नु हुदै बेनी नगरपालिका उप प्रमुख सन्जु बरुवालले महिलाको समग्र विकासको लागि महिलाहरुलाई आर्थिंक बजारसंग जोड्नु पर्ने बताउनुभयो । महिलाहरुलाई आय आर्जनसंग जोड्न महिला उघम समितिले रचनात्मक कार्यक्रम लिएर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो । यो पनि…
कार्यक्रममा उघोग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी लगायतले बोल्नुभएको थियो ।
समितिको अध्यक्ष सुनिता केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव बिष्णुकुमारी गुरुङलेे गर्नुुभएकाेे थियाेे ।