सरकारका मालसामान सरकारी कम्पनीबाट नै ढुवानी गरिने

काठमाडौं । सरकारले निजी व्यावसायीमार्फत हुने सरकारी माल सामान ढुवानी निरूत्साहित गर्ने भएको छ । ४८ औं राष्ट्रिय विकास समस्या समाधानको बैठकले सरकार र सरकारी स्वमित्वको कम्पनी तथा संस्थाहरुले गर्ने आयात तथा निर्यातको ढुवानी सरकारी कम्पनीमार्फत गर्ने निर्णय गरेको हो ।

उद्योग मन्त्रालय मातहतको नेपाल पारबहन तथा गोदाम व्यवस्था कम्पनीमार्फत नै मालसामान ढुवानी व्यवस्था मिलाउने समितिले जनाएको छ । माल सामान ढुवानी गर्ने सरकारी स्वमित्वको कम्पनी हुँदा हुँदै निजी ढुवानी व्यवसायीमार्फत मालसामान ढुवानी हुँदा लागत बढेको देखियो, अब देखि आयात निर्यातको ढुवानी पारबहन तथा गोदाम व्यवस्था कम्पनीमार्फत नै गर्नु पर्नेछ,’ समितिको निर्णयमा भनिएको छ ।

सरकारी कम्पनीमार्फत ढुवानी गर्दा लागत कम हुने र माल सामानको छुट्टै बिमा गर्नु पर्दैन । चीन, भारत तथा तेस्रो देशबाट हुने आयात तथा ति मुलुकहरुमा हुने निर्यातका लागि सरकारी कम्पनीसँग पूर्वाधार समेत छ । हल्दीय र कोलकोत्ता बन्दरगाहमा कम्पनीको पूर्वाधार समेत छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार