माघ ३० गते ल्होसारमा सार्वजनिक विदा

काठमाडौं । शेर्पा लगायत हिमाली समुदायले मनाउने ल्होसारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होछाररको दिन भने सरकारले सम्बन्धित समुदायलाई मात्रै विदा दिएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार