अवहेलना मुद्दामा लिखित जबाफ लिएर प्रधानमन्त्री सर्वोच्च जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जबाफ पेश गर्न आज आफैँ उपस्थित हुने भएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा वहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीसहित चर पूर्वप्रधानन्यायाधीश तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैँ उपस्थित भइ लिखित जबाफ पेश गर्न आदेश दिएको थियो ।

बाटोको म्यादबाहेक एक साताभित्र उपस्थित हुन भनेपनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबारमात्र म्याद तामेल गरेको थियो । यसअघि चार पूर्वप्रधानन्यायाधीशले बुधबारै अदालतमा गएर म्याद बुझी लिखित जबाफ पेस गरिसकेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार