![](https://myagdinews.com/wp-content/uploads/2021/03/jk.jpg)
लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् । श्रीमतीसहित लन्डन सोमबार आइपुगेका उनले २१ औं राजदूतको रुपमा पदबहाली गरेका हुन् ।
राजदूत रेग्मीलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट प्रवक्ता रोशन खनाल, सैनिक सहचारी लगायत दूतावासका अन्य कर्मचारीले स्वागत गरे ।
स्याङ्जामा जन्मिएका रेग्मीले सन् १९९५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी वन मन्त्रालय, अर्थ मन्त्रालय,भूमिसुधार मन्त्रालय हुँदै सन् २०१७ मा मुख्यसचिव भएका थिए ।
नेपाल सरकारबाट बेलायतको राजदूतमा सिफारिश हुनुअघि रेग्मीले नेपाल सरकारको मुख्य सचिव पदबाट राजीनामा गरेका थिए । उनले गत बिहीबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजदूत पदको सपथ लिएका हुन् । नागरिक खबरबाट