दाहाल-नेपाल समूहले आधिकारिता दाबी गर्दै संसद् सचिवालयलाई बुझायो पत्र

काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहले आफूहरु आधिकारिक पार्टी रहेको दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ ।

दाहाल-नेपाल समूहका सांसदहरुले सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर पत्र दिएका हुन् । दाहाल-नेपाल समूहले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी पनि सचिवालयलाई दिएको छ ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि दाहाल-नेपाल समूहको संसदीय दलको बैठक सकिएलगत्तै सांसद्हरु महासचिव गौतमलाई दलको नेतामा दाहाललाई चयन गरिएको र आधिकारिक पार्टी रहेको जानकारी दिन संसद् सचिवालय पुगेका थिए । पत्र दर्ता गर्नेरनगर्ने भन्‍ने विषयमा छलफल भइरहेको छ । ekantipur बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार