![](https://myagdinews.com/wp-content/uploads/2021/03/maobadi.jpg)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आह्वान गरेको छ । सो पार्टीले चैत १ गतेका लागि बैठक आह्वान गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सांगठनिक लगायतका विषयमा छलफल हुने बताइएको छ । रातोपाटीबाट