![](https://myagdinews.com/wp-content/uploads/2021/03/dlk.jpg)
काठमाडौं । विभिन्न राजनीतिक दल परित्याग गरी प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।
एमालेमा प्रवेश गर्नेहरुमा डा. रामपरिक्षण यादव, गिरिजा नन्दन मिश्र, अधिवक्ता नानी थापा, मोती बछार, अधिवक्ता कमल कोइराला छन । उनीहरूलाइ प्रधानमन्त्रीले खादा ओढाएर एमालेमा स्वागत गरे ।
सो अवसरमा शहरी विकास मन्त्री प्रभु साह, प्रदेश २ पार्टी सचिव सुमन प्याकुरेल, पार्टी केन्द्रीय सदस्य सरोज यादव, युवा संघ नेपालका केन्द्रीय सदस्य कुन्दन झा, आनन्द झा लगायत उपस्थित थिए । नागरिक खबरबाट