सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको सातौँ अधिवेशनमा २ वटा वैठक बसे पनि कार्यव्यवस्था समितिको बैठक बस्न सकेको थिएन ।

प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था गरिएको छ । नियम १३ (१) मा भनिएको छ, ‘बैठकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहऱ्याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा बढीमा सत्र जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समितिगठन गर्न सकिनेछ ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार