मोरङ । ब्राउनसगुरसहित २ जनालाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ। सोमाबार राति सुन्दरहरैँचाको बलियाबाट सुनसरीको इटहरी–५ का ४१ वर्षीय पदमबहादुर तामाङ र बराहक्षेत्र–५ का ३३ वर्षीय रामकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बलिया हुँदै पूर्वतर्फ को २७ प ६६९२ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनीहरूको साथबाट २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विपिन रेग्मीले बताए। पक्राउ परेकाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाए प्रहरीले जनाएको छ। nagariknews.nagariknetwork बाट