काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए । ekantipurबाट