![](https://myagdinews.com/wp-content/uploads/2021/04/173883434_2582951642004864_4134046950131663933_n.jpg)
बेनी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लिलाराम गौतम विजयी हुनुभएको छ। शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिद्धन्द्धी जगदिश गौतमलाई भारी मतले पराजित गदैं अध्यक्षतमा निर्वाचित हुनुभएको हो ।अध्यक्षमा निर्वाचित लिलारामले ६९ मत र अर्का जगदिशले २७ ल्याउनुभएको थियो ।अधिवेशनमा कुल ९७ मत खसेको थियो ।
अन्य पदमा सहमति भएपनि अध्यक्षमा मतदान भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी म्याग्दीका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष देवकृष्ण काफ्ले,प्रथम उपाध्यक्ष रामचन्द्र नेपाल,सचिव कृष्ण पोख्रेल,कोषाध्यक्ष तारा घले, सहसचिव प्रदिप खनाल रहनुभएको छ । त्यस्तै सदस्यहरू छायादेवी लुइटेल, धनबहादुर अधिकारी, थानेश्वर सुबेदी, जनक पन्त, सरस्वती भण्डारी, तिलकराम पौडेल चयन हुनुभएको छ ।
जिल्ला समन्वय समिति प्रमुख देबेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष गौतमले गण्डकी प्रदेशभित्रका ब्यवसायीको हितमा विभिन्न योजना सहित काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।