सुर्खेतमा मंगलबारदेखि एक साता निषेधाज्ञा

सुर्खेत । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बतानुभयो । सुर्खेतमा मात्रै ३ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित छन् । भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् ।

भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । जसको प्रत्यक्ष प्रभाव कर्णालीमा पर्ने देखिन्छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार