कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरस संक्रमण भएको छ। ज्वरो आएपछि उहाँले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।

शर्माले आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए । शर्माले डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको बताएका छन्।

‘डेरामै आइसोलेसनमा छु,’ उहाँले भन्नुभएको छ , ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’उहाँले कोरोनाबाट बच्न सबै सजग हुनुपर्ने पनि बताउनुभएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार