
काठमाडौं । सरकारले दुई वर्षे कार्यकाल रहँदै अष्ट्रेलियका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त भएका दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्यसमेत रहेका दाहाललाई माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आवद्ध थिए । फिर्ता बोलाउने निर्णयसँगै दाहालले राजदूत भएबापत् पाउने सेवा सुविधा रोकिएको छ ।
साथै, मन्त्रिपरिषद बैठकले ओमनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभइञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको छ । नागरिक खबरबाट