लुम्बिनीमा ३ मन्त्रीले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

शपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनीहरुलाई मंगलबार साँझ मन्त्री पदमा नियुक्त गरिएको थियो । ४ दिनको अवधिमा ४ पटक मन्त्रीहरुको शपथ भएको छ । योसहित लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल १० सदस्यीय बनेको छ । ekantipur बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार