लुम्बिनीमा विपक्षी दलद्धारा विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले विशेष अधिवेशन माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न उनीहरुले विशेष अधिवेशन माग गरेका हुन् ।

यसअघि वैशाख ६ गते र आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि छलफल गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरेर माग गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव समेत गरेका छन् । आइतबार नै विपक्षी दलहरुले प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार