
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले १३ जना सांसदालाई एक रिसोर्टमा राखेका छन् । अध्यक्ष ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको हुन् ।
स्रोतका अनुसार बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा पुर्याएको हो । ‘अहिले हामी एक रिसोर्टमा छौं । हामी पक्षकालाई यहाँ ल्याइएको छ । १७ सांसदमध्ये १३ जना रिसोर्टमा छौँ, ’ एक सांसदले भने ।
सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेको बताइएको छ । तर कुन रिसोर्टमा हो भन्न नमिल्ने ती सांसदको भनाई छ । राजेन्द्र महतो पनि उनीहरुको व्यवस्थापन व्यवस्थापनको लागि अयक्ष ठाकुरसँगै रहेको ती सांसदले बताए । जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसोर्टमा भेला गराएका छन् । नागरिक खबरबाट