देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै गर्दा प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् । बैठक पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बोलाइएको छ । देउवासँग नयाँ गठबन्धन सरकार गठनका लागि उच्चतम पहल गर्ने विषयमा छलफल गरेर प्रचण्ड फर्किएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नैपर्ने अडानका साथ प्रचण्डले माधव नेपालसँग पनि छलफल अघि बढाएका छन् । तर, माधव नेपाल र ओलीबीच वार्ता प्रक्रिया अघि बढेपछि भने देउवा र प्रचण्ड हच्किएका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार